कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता – Nepal Press

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मङ्गलवार उम्मेदवारी दर्ता हुने भएको छ ।  निर्वाचन समितिले बुधवार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।

आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबी विरोध हुनेछ ।

दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

संसदीय दलको नेताका मतदान भने बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।

तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्न सक्ने ठानिएको छ ।

कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर