प्रशासनलाई चुस्त बनाएर स्थानीय तहको क्षमता वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री – Nepal Press

प्रशासनलाई चुस्त बनाएर स्थानीय तहको क्षमता वृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका लागि सुशासनलाई स्थायित्व बनाउनुपर्ने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमा गर्नुपर्ने बताए ।

उनले संविधान र संघीयतालाई कार्यान्वयन गराउनका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक भएकोमा जोड दिए । सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्न सकेमात्रै विकास सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘हरेक स्थानीय तहमका दिगो विकास अनुसार योजना तर्जुमा गर्नुपर्छ । देशका शिक्षित युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गरेर जनप्रतिनिधि, कर्मचारी र जनतामा छलफल आवश्यक छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर