समानुपातिक सांसद छान्न नसकेपछि आकांक्षीलाई बाहिर राखेर कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा – Nepal Press

समानुपातिक सांसद छान्न नसकेपछि आकांक्षीलाई बाहिर राखेर कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा

काठमाडौं । समानुपातिक सांसद छान्न कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्न लागेको हो।

कांग्रेसमा पुरुषतर्फको तीन सांसद छान्न समस्या परेको छ। तर, बालुवाटार बैठकमा समानुपातिक सांसदमा आकांक्षी राखेका नेताहरूलाई सहभागी नगराउने भएको छ।

आकांक्षीहरु सहभागी गराउँदा निर्णय लिन समस्या परेपछि आकांक्षीलाई बाहिर राखेर निर्णय गर्न लागेको हो।

कांग्रेसको समानुपातिकतर्फको बन्दसूचीमा खस आर्य समूहको पहिलो नम्बरमा डा. प्रकाशशरण महत, आदिवासी जनजाति समूहको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ र मधेसी समूहका पहिलो नम्बरमा विमलेन्द्र निधि रहेका छन् ।

तर, श्रेष्ठको ठाउँमा सहमहामन्त्री जीवन परियारलाई ल्याउन संस्थापनइतर पक्षले दबाब दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर