ओलीका पिताको ९३ औं जन्मदिनमा लिङ्देन पनि सहभागी (तस्बिरहरू) – Nepal Press

ओलीका पिताको ९३ औं जन्मदिनमा लिङ्देन पनि सहभागी (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको ९३ औं जन्मदिन मनाइएको छ ।

ओली बुबाको जन्मदिन मनाउनका लागि झापाको पृथ्वीनगरस्थित घरमा पुगेका थिए । आफ्नो निर्वाचन क्षेत्र झापा ५ दमकमा रहेका ओली क्षेत्र नं. ३ मा रहेका आफ्नो घरमा बुबाको जन्मदिनको शुभकामना दिन गएका हुन् । पत्नी राधिका शाक्यसहित त्यहाँ पुगेका ओलीले बुबा मोहनप्रसादलाई सुस्वास्थ्य एवम् दीर्घायुको कामना गरेका थिए ।

जन्मदिनका अवसरमा शुभकामना दिन राप्रपाका अध्यक्ष एवम् झापा क्षेत्र नं. ३ मा एमाले र राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि संयुक्त उम्मेदवार राजेन्द्र लिङ्देन पनि पुगेका थिए । ओली र लिङ्देनले मोहनप्रसादबाट आशीर्वाद लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर