रुपन्देहीमा पूर्वाधार विकासको फेहरिस्त – Nepal Press

रुपन्देहीमा पूर्वाधार विकासको फेहरिस्त

आसन्न निर्वाचन प्रस्ट रूपमा गठबन्धन र एमालेबीच तीब्र प्रतिस्पर्धाको निर्वाचन हो । यसमा दुवैले आ-आफ्नो जीतको दाबी गरेका छन् । आफ्नो पक्षधरताको आधारमा फलानो जित्छ भन्ने कुरा एउटा हो  । वस्तुगत आधारमा फलानाले जित्छ भन्ने कुरा बेग्लै हो । एउटा पार्टीको विरुद्ध सत्तामा बसेका पाँच-पाँच पार्टीको जुन गठबन्धन गर्नुपरेको छ, त्यसबाट यसै पनि एमालेको पल्ला भारी देखिन्छ । त्यसमा पनि केही जनमुखी काम-कारबाही र पूर्वाधार विकासका फेहरिस्त हेर्ने हो भने पनि एमालेकै पल्ला भारी छ ।

आसन्न निर्वाचनको वेला रूपन्देहीमा बसेर चुनावमा एमालेको पल्ला भारी छ भनेर लेखिरहँदा एमालेले यस क्षेत्रको विकासमा गरेका केही तात्विक महत्व राख्ने विकास योजनाको उल्लेख अवश्य बाञ्छनीय छ  ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल- यसको निर्माण भर्खरै सम्पन्न भएको छ र सञ्चालनमा पनि आइसकेको छ  । बुटवल-बेलहिया सडक- यो सडक ६ लेनको छ  । यसको निर्माण दुई वर्षअघि सम्पन्न भएको छ र सञ्चालनमा छ  । अहिले यसमा सलह झैं मोटर गाडी गुडिरहेका छन्  ।

सिद्धबाबा सुरुङ मार्ग- ठेक्का सम्झौता भैसकेको छ र ठेकेदार संस्थाले कामको जिम्मेवारी लिइसकेको छ  । यसमा १० अर्ब १७ करोडको आर्थिक गतिविधि हुन्छ  । वर्सेनि सडकमा हुने अत्यधिक भूस्खलनबाट हुने यात्रु मृत्यु रोक्न यो योजना अत्यन्त महत्वपूर्ण छ  ।

बुटवल-नारायणगढ सडक- यो सडक निर्माणाधीन छ  । बस्ती क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा चार लेन हुने गरी सडक बन्दैछ  । सुरु सुरुमा यसमा द्रुत गतिमा काम भएको हो  । पछि भने गति मन्द भएको छ । तर, काम भैरहेको छ  ।

बुटवल-गोरुसिङ्गे सडक- यसको पनि चार लेनमा विस्तार हुने हो  । यसको लागि ३८ अर्बको स्रोत निश्चित भैसकेको छ र प्रक्रिया अघि बढेको छ  ।

बुटवल उपमहानगरपालिका कर्साघाटमा ठूलो कृषिउपज केन्द्र बन्दैछ  । यो देशकै नमूना कृषि उपज केन्द्रको रूपमा बन्दैछ  । यसबाट किसानलाई बजार सहज रूपमा उपलव्ध हुनेछ र कृषिको बहुआयामिक विकास हुनेछ ।

सिग्नेचर पुल- बुटवलमा एउटा सिग्नेचर पुल बन्दैछ  । यो पुल एक अर्बको लागतमा बन्ने अत्याधुनिक प्रविधिको पुल हो  । यसबाट पुरानो बुटवल बजार सुन्दर बजार बन्नेछ र यातायात सहज हुनेछ  ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र- बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ र अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ  ।

कर्साघाट कृषि उपज केन्द्र- बुटवल उपमहानगरपालिका कर्साघाटमा ठूलो कृषिउपज केन्द्र बन्दैछ  । यो देशकै नमूना कृषि उपज केन्द्रको रूपमा बन्दैछ  । यसका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको छ र बजेट निश्चित भइसकेको छ  । यसबाट किसानलाई बजार सहज रूपमा उपलव्ध हुनेछ र कृषिको बहुआयामिक विकास हुनेछ ।

बुटवल-पोखरा सिद्धार्थ राजमार्ग- डेडिकेटेड डवल लेन बनाउन डीपीआर तयार भएको छ र स्रोत निश्चित भैसकेको छ  । अब द्रुत गतिमा काम हुनेवाला छ  ।

बुटवल-बेलहिया सडकको राजमार्ग चौराहा-गोलपार्क खण्ड- याे खण्डकाे निर्माणमा बजेट निश्चित भएर पनि दर्जनभन्दा बढी तीन तहका अदालती मुद्दा खेप्नुपर्दा समयमा काम हुन सकेन र नागरिकलाई सास्ती भयो  । विकास नचाहने तत्वबाट यसमा छिर्केनी हान्ने काम पनि भयो । तर पनि यो सडक खण्ड निश्चित प्रक्रियामा छ  । अब कसैले रोकेर रोकिनेवाला छैन  ।

तिलोत्तमामा बन्ने मेडिकल कलेज- यसको मास्टर प्लान डीपीआर तयार भएको छ  । यसका लागि ५० बिगाहा जग्गाको व्यवस्थापन पनि भएको छ  । यसको लागि ऐनको मस्यौदा पनि भएको छ  । बहुवर्षीय ठेक्का प्रक्रिया पनि अगाडि बढेको छ  । अहिले गठबन्धन सरकारबाट बजेट कटौती गरिएको कारण काम अगाडि बढ्न सकेको छैन  । जनताको स्वास्थ्यसित गाँसिएको संवेदनशील कुरालाई कसैले रोकिराख्न मिल्दैन । जनताको मेडिकल कलेज बन्छ  ।

लुम्बिनी वाणिज्य क्याम्पस- विश्वविद्यालय बनाउने परिकल्पनाअनुसार कतिपय प्रक्रिया पूरा भैसकेको छ र प्रारम्भिक रूपमा पढाइ पनि सञ्चालनमा आएको छ  । जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको छ  । त्रिविबाट सहमति प्राप्त छ  । जग्गा प्राप्तिपछि आवश्यक निर्माण गर्दै दुई तीन वर्षमा विश्वविद्यालय पूर्ण रूपमा सञ्चालन हुने गरी काम भैरहेको छ  । यो विश्वविद्यालय स्वायत्त विश्वविद्यालयको रूपमा सञ्चालन हुनेछ  ।

बुटवलको नयाँ गाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयको सिटी कलेज भवन निर्माण सम्पन्न भएको छ  ।

बुटवल-पोखरा सिद्धार्थ राजमार्गलाई डेडिकेटेड डवल लेन बनाउन डीपीआर तयार भएको छ र स्रोत निश्चित भैसकेको छ  । अब द्रुत गतिमा काम हुनेवाला छ  ।

देवदहमा सोही विश्वविद्यालयअन्तर्गत कृषि तथा वन विज्ञान अध्ययन संस्थान स्थापना हुने भएको छ  । यसको लागि प्रक्रिया सुरु भएको छ  । अहिले प्रारम्भिक रूपमा पढाइ पनि सञ्चालनमा छ  । यसको लागि ८० बिगाहा जग्गा प्राप्त भैसकेको छ  । दुई तीन वर्षमा पूर्ण रूपमा सञ्चालन हुने गरी काम अगाडि बढेको छ  । मुर्गिया-सूर्यपूरा-लुम्बिनी सडक निर्माण सम्पन्न भइसकेको छ  । बेलबास-बेथरी चार लेन सडक निर्माण अन्तिम चरणमा छ  ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जो नेपालको पश्चिम क्षेत्रकै पर्यटनबाट समृद्धिको संवाहक हो  । यसको निर्माण सम्पन्न भई सञ्चालनमा पनि आएको छ  । तर, भारतबाट सिमानानिरको अलिकति आकाशमा रुट परमिट नमिल्दा क्षमता अनुसार हवाई उडान प्राप्त गर्न सम्भव भएको छैन  । वर्तमान सरकारले भारतसित वार्ता गरी गाँठो फुकाउनुपर्ने हो  । त्यसो गर्न खासै चासो राखेको देखिन्न  । तुरुन्त वार्ता गरी परमिट लिन आवश्यक छ  ।

लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसारको बाँकी काम धमाधम भैरहेको छ  । यसका लागि आवश्यक ७ अर्बको बजेट व्यवस्था गरिएको छ  । अब यसको सम्पूर्ण बाँकी काम तुरुन्त सम्पन्न हुनेवाला छ  ।

तिनाउ-दानव करिडोर, जो यस क्षेत्रको समृद्धिको कोसेढुंगा हो । यसमा तटबन्ध र सडक निर्माणको काम धमाधम भैरहेको छ  । तटबन्ध भैरहेको छ, नदीको दुईतर्फ सडक बनिरहेका छन् । नदी उकासका जग्गामा सुन्दर उद्यान बन्नेछ  । तटबन्धबाट बाढी नियन्त्रण हुनेछ र सहज सिंचाइको सुविधा किसानलाई प्राप्त हुनेछ  । यो चाहिं यहाँको कृषि, उद्योग, पर्यटन, व्यापार तथा रोजगारीका लागि ठोस पूर्वाधार हो  । अब यसबाट यहाँको जीवनस्तर धेरै माथि उठ्ने निश्चित छ  । काम द्रुत गतिमा भैरहेकाले यसका लागि धेरै पर्खिन पनि पर्ने छैन ।

अब यसैगरी रोहिणी करिडोरको विकास गर्ने सोच अघि बढेको छ  । करिडोरको विकास भनेको बहुआयामिक विकास हो  । रोहिणी करिडोरको पनि विकास भएपछि रूपन्देही जिल्ला सम्पूर्ण नेपालको नमुना विकास जिल्लामा गनिनेछ  ।

बुटवल-बेलहिया ६ लेन सडक बनेपछि यसको वरिपरि विकास छरिएर आयो । ठूला होटल बने  । उद्योगहरू खुले  । व्यापार बढ्यो  । जग्गाको मूल्यवृद्धि भयो  । अलिकति जग्गा हुनेले त्यसलाई बेचेर पनि केही कामधन्धा गर्ने मौका पाए  । रोजगारी बढ्यो  । जीवनस्तर बदलियो  । वास्तवमा विकासले ठोस विकासको रूप लिन पूर्वाधार विकासको अनिवार्य प्रयोजन रहेछ  ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जो नेपालको पश्चिम क्षेत्रकै पर्यटनबाट समृद्धिको संवाहक हो  । यसको निर्माण सम्पन्न भई सञ्चालनमा पनि आएको छ  ।

यी सबै विकास कार्यक्रममा हुने आर्थिक क्रियाकलापमा करिब करिब एक खर्ब बराबरको आर्थिक गतिविधि हुने देखिन्छ  । यसबाट यो क्षेत्र र यसबाट प्रभावित क्षेत्रको समेत विकासमा ठूलो प्रभाव पर्नेछ  । आर्थिक गतिविधिबाट अर्थतन्त्र परिचालित भई प्रत्यक्ष अप्रत्यक्ष रूपमा उत्पादनमा वृद्धि हुनेछ  ।

स्मरणीय छ, यी सबै विकासे पूर्वाधारका सूत्रधार हुन् विष्णु पौडेल  । यिनी रूपन्देही २ नम्बर क्षेत्रबाट पटक-पटक निर्वाचित हुने सांसद हुन्  । यिनी मुलुकको राजनीतिक नेतृत्वमा राष्ट्रिय नेताको उचाइमा छन्  । बीचमा अर्थमन्त्री पनि भए  । यिनको पहलमा भएका विभिन्न विकास परियोजनाबाट रूपन्देही २ नम्बर क्षेत्रको मात्र विकास भएको छैन, सम्पूर्ण रूपन्देही, सम्पूर्ण लुम्बिनी र यसबाट प्रभावित हुने सम्पूर्ण प्रभाव क्षेत्रको विकासमा योगदान पुगेको छ  । यिनी सफल अर्थमन्त्री मानिन्छन्  । अर्थमन्त्री हुँदा यिनले समग्र नेपालको आर्थिक विकासमा सन्तुलन राख्दाराख्दै वस्तुगत आधारमा आफ्नो क्षेत्र, आफ्नो जिल्ला र प्रदेशको विकासमा अलिकति विशेष माया गरेका हुन्  । जसका कारण यस क्षेत्रकै विकासले फड्को मारिरहेको छ  । यिनकै विशेष पहलमा यस क्षेत्रमा कतिपय मेगा प्रोजेक्ट आए  ।

आसन्न निर्वाचनमा संघीय सांसदमा यिनको उम्मेदवारी छ  । यिनले सुरु गरेका तर सम्पन्न हुन बाँकी कतिपय काम सम्पन्न गर्न र नयाँ नयाँ बहुआयामिक विकासे योजना परिचालन गर्न यिनको यहाँ अझै आवश्यकता छ  । यहाँका मतदाताको मानसिकता त्यस्तै छ  । निर्वाचन जित्नमात्र नभएर जितेर राष्ट्रमा केही योगदान गर्न प्रयोजनीय हुन्छ । जितेर राम्रो जिम्मेवारी लिन सक्ने र त्यसलाई राम्ररी अदा गर्न सक्ने व्यक्तित्व पनि चाहिन्छ  । व्यक्तित्वका कारणले पनि मतदाताको रोजाइमा यिनी पर्छन्  । लाग्दछ- अत्यधिक मतान्तरका साथ यिनको विजय निश्चित छ  ।

बुटवल-बेलहिया ६ लेन सडक बनेपछि यसको वरिपरि विकास छरिएर आयो । ठूला होटल बने  । उद्योगहरू खुले  । व्यापार बढ्यो  । रोजगारी बढ्यो  । जीवनस्तर बदलियो  ।

यस्तै यिनका सहयोद्धाहरूमा १ नम्बर निर्वाचन क्षेत्रमा छविलाल विश्वकर्मा संघीय सांसद उम्मेदवार छन्  । निष्कलंक र अटल निष्ठाका कारण तिनी पनि मतदाताको रोजाइमा छन्  । त्यस्तै छन् ५ नम्बर क्षेत्रमा वासु घिमिरे  । उनी तिलोत्तमा नपालाई नमुना बनाएर स्याबासी कमाएका व्यक्ति हुन्  । ५ नम्बर क्षेत्रका मतदाता यिनलाई रोज्ने पक्षमा देखिन्छन्  ।

यस्तै प्रदेशसभातर्फ रूपन्देही २ (१) मा पूर्वमन्त्री लीला गिरी छन्  । यिनी गाविस अध्यक्ष हुँदै प्रदेश सांसद र मन्त्रीसम्म बनेर विकास निर्माणको काममा राम्रो नाम कमाएका व्यक्ति हुन् । जनसेवी तथा सरल स्वभावका कारण यिनलाई चुनाव जित्न गाह्रो छैन  ।

त्यस्तै क्षेत्र नम्बर २ (२) मा पूर्वमन्त्री तथा पूर्वमेयर भोजप्रसाद श्रेष्ठ छन्  । यिनले जित्न पदमा रहँदा गरेका कामहरू नै पर्याप्त छन् । निर्वाचन क्षेत्र १ (२) मा प्रदेशसभा सदस्यमा दधिराम न्यौपाने उम्मेदवार छन्  । उनी पूर्वसांसद पनि हुन्  । यसमा रहँदा त्यस क्षेत्रको विकासमा उनले देखाएको सक्रियता नै उनलाई चुनाव जित्न काफी छ  । उनी हक्की र सक्रिय संगठक मानिन्छन्  ।

रूपन्देहीमा राप्रपा र जसपाबीच एमालेको तालमेल छ  । निर्वाचन क्षेत्र ३ मा संघीय सांसदका लागि राप्रपाका दीपक बोहोरालाई एमालेको समर्थन छ  । दीपक बोहोरा रूपन्देहीमा विकासप्रेमीको रूपमा परिचित नाम हो  । त्यसकारण उनको जीत निश्चित देखिन्छ  ।

राप्रपासित एमालेको तालमेलका सम्बन्धमा एमालेका अध्यक्ष केपी ओलीको भनाइ यहाँ प्रसङ्गवस उल्लेखनीय छ- राप्रपा जे जस्तो भए पनि आफ्नै विवेक र बलबुतामा चल्ने पार्टी हो, कता हो कताबाट चल्ने कठपुतली नभएको हुनाले हाम्रो तालमेल अस्वाभाविक छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *