नागरिकता विधेयकमा जसपा किन मौन ? यस्तो छ उपेन्द्र यादवको जवाफ (भिडिओ) – Nepal Press

नागरिकता विधेयकमा जसपा किन मौन ? यस्तो छ उपेन्द्र यादवको जवाफ (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपतिले रोक्नु राम्रो नभएको बताएको छ ।

एक सरकारले ल्याएको विधेयक अर्को पार्टीले रोक्ने प्रवृत्तिले सिस्टम नै कोल्याप्स हुने समस्या हुने जसपाको भनाई छ ।

चुनावी घोषणापत्रमा नागरिकता विधेयकको बारेमा जसपा किन मौन भन्ने प्रश्नमा अध्यक्ष उपेन्द्र यादवले भने- पार्टी नागरिकता विधेयकमा मौन छैन । फरक भाषामा समावेश छ । प्रमाणीकरण भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । एउटा सरकारले ल्याएको विधेयक अर्को पार्टीको राष्ट्रपतिले रोक्ने हो भने र यस्तै हो भने सिस्टम नै कोल्याप्स हुन्छ ।

एमालेलाई प्रतिगमन गरेको भन्दै सत्ता गठबन्धनसँग जोडिएको जसपा अहिले फेरि एमालेसँगै मिलेर चुनाव लडिरहेको छ ।

घोषणापत्र कार्यक्रममा जसपा अध्यक्ष यादवले एमालेको प्रतिगमन सच्चिएको हो ? भन्ने प्रश्नको पनि सामना गरे ।

त्यसको जवाफमा उनले भने- हाम्रो सिट गठबन्धनमा एमालेको धारणा आफ्नो ठाउँमा छ।एमालेको नीति आफ्नो ठाउँमा छ । एमालेको हिजो गरेको गलत काम आज सही हो भन्ने होइन । केही सिटमा तालमेलमा गर्दैमा एमालेको एजेन्डा जसपाले र जसपाको एजेन्डा एमालेले स्वीकार गरेको होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर