एमाले घोषणापत्र सार्वजनिक कार्यक्रममा अनिल शाह ‘मोडरेटर’, सदीक्षा श्रेष्ठ होस्ट’ – Nepal Press

एमाले घोषणापत्र सार्वजनिक कार्यक्रममा अनिल शाह ‘मोडरेटर’, सदीक्षा श्रेष्ठ होस्ट’

काठमाडौं । नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र कार्यक्रममा केही नयाँ प्रयोग गर्‍यो । अध्यक्ष केपी शर्मा ओलीले डिजिटल हस्ताक्षरद्वारा घोषणापत्र अनावरण गरे भने राजनीति बाहिरका दुई ‘सेलिब्रिटी’ लाई कार्यक्रममा महत्वपूर्ण भूमिका दिइयो ।

घोषणापत्र कार्यक्रमको सञ्चालन सदीक्षा श्रेष्ठले गरेकी थिइन्, जो पूर्वमिस नेपाल तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’की होस्ट हुन् । उनको आवाजले यो कुनै राजनीतिक कार्यक्रमभन्दा पनि मनोरञ्जनात्मक कार्यक्रमको ‘भाइब्स’ आएको थियो ।

यस्तै, सेलिब्रिटी छविका पूर्वबैंकर अनिलकेशरी शाह ‘मोडरेटर’ का रुपमा प्रस्तुत भए । उनले अध्यक्ष केपी शर्मा ओलीसँग स्टेजमा संवाद गरेका थिए ।

बैंकिङ क्षेत्रबाट अवकास लिए पनि शाहले अहिलेसम्म आफूलाई कुनै पार्टी निकट देखाइसकेका छैनन् । आज एमालेको घोषणापत्र कार्यक्रममा देखिएपछि उनी एमाले प्रवेश गर्न लागेका हुन् कि भन्ने पनि चर्चा चलेको छ ।

राष्ट्रिय पोशाक दौरा, सुरुवाल र टोपी लगाएर कार्यक्रममा उपस्थित भएका शाहले एमालेको आग्रहमा आफू यो भूमिकाका लागि तयार रहेको बताए । जनताका मनमा रहेका प्रश्नहरु ओलीलाई सोध्न पाउनुलाई आफूले अवसरका रुपमा लिएको उनको भनाइ थियो ।

‘म राजनीतिक क्षेत्रमा भिजिसकेको व्यक्ति होइन, मलाई हाम्रो अध्यक्षसँग दुई शब्द बोलिदिनुस् र कुराकानी गरिदिनुस् भनेर आग्रह भएपछि म आएको हुँ’, शाहले प्रस्ट पारे ।

आफूले ३० वर्ष वित्तीय क्षेत्रमा बिताएको र त्यसमध्ये १७ वर्ष सीईओको भूमिका निभाएको सम्झिँदै शाहले यस क्रममा धेरै खालका अनुभवहरु संगालेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर