झापामा कपडा पसलमा आगलागी, दमकल समयमा नआउँदा पसल खरानी – Nepal Press

झापामा कपडा पसलमा आगलागी, दमकल समयमा नआउँदा पसल खरानी

काठमाडौं । झापाको दमकमा कपडा पसलमा आगलागी भएको छ । दमक ६ रहेको सुशिला भण्डारीको कपडा पसलमा बिहीबार राति विद्युत सर्ट भएर आगलागी भएको हो । बेलुका ९बजेर ४० मिनेटदेखि पसलमा आगो लागेको थियो ।

भण्डारी तिहार मान्न आफन्तकोमा गएका थिए । पसलमा आगो लागेको देखेपछि स्थानीयले दमकललाई खबर गरेको थियो । तर दमकल समयमा नआएको स्थानीयले बताएका छन् ।

तिहारको समयमा दमकल ढिला आउँदा पसल खरानी भइसकेको थियो । आगलागी साढे १२ बजे राति मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौंको क्षति भएको भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर