एशोसियोको उपाध्यक्षमा बुटवलका कुँवर निर्वाचित – Nepal Press

एशोसियोको उपाध्यक्षमा बुटवलका कुँवर निर्वाचित

रूपन्देही । सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एशियन ओशिनियन कम्प्युटिङ इण्डष्ट्री अर्गनाइजेशन (एशोसिओ) को उपाध्यक्षमा बुटवलका नवराज कुँवर निर्वाचित भएका छन् ।

सिंगापुरमा भएको साधारण सभाबाट कुँवर उपाध्यक्षमा निर्वाचित भएका हुन् । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघको अध्यक्ष रहेका कुँवर एशोसिओको वार्षिक साधारणसभामा भाग लिन केही दिनअघि सिंगापुर प्रस्थान गरेका थिए ।

वार्षिक साधारणसभामा भएको निर्वाचनमा अत्यधिक मतका साथ कुँवर उपाध्यक्ष चुनिएका हुन् । एशोसियो, एशियाई–ओशिनिया क्षेत्रको प्रतिनिधित्व गर्ने आइसिटी उद्योग संघहरूको समूह हो । यसको स्थापना सन १९८४ मा जापानको टोकियोमा भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर