तरुण दल अध्यक्ष गुरुङको प्रस्ताव- चुनाव जितेपछि विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्छ – Nepal Press

तरुण दल अध्यक्ष गुरुङको प्रस्ताव- चुनाव जितेपछि विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्छ

नवलपरासी । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्वाचनपछि बन्ने सरकारमा विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्ने बताएका छन् ।

नवलपरासी बर्दघाट सुस्तापश्चिमको क्षेत्र नम्बर १ मा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले मुलुकको अर्थतन्त्रलाई सही दिशामा लैजान सक्ने उम्मेदवार भएकाले कांग्रेस उम्मेदवार चौधरीलाई प्रतिनिधिसभा सदस्यमा विजयी गराउनुपर्ने बताए । ‘नवलपरासीबाट गठबन्धनको उम्मेदवार विनोद चौधरीजी विश्वकै सफल व्यक्ति हुनुहुन्छ । उहाँबाट सिंगो देशले धेरै आशा गरेको छ । यहाँका जनताले उहाँलाई जिताउनुपर्याे । चुनावपछि बन्ने सरकारमा उहाँलाई अर्थमन्त्रीको रुपमा हामी प्रस्ताव गर्छाै । यसले नवलपरासीको समग्र विकासमै टेवा पुग्नेछ’, अध्यक्ष गुरुङले भने ।

उनले नेपाली कांग्रेसले गरेको निर्णय कार्यान्वयन गर्नु र गठबन्धनका उम्मेदवारलाई विजयी गराउनु कांग्रेस नेता कार्यकर्ताको दायित्व रहेको भन्दै सोहीअनुसार सक्रिय हुन तरुण दललाई निर्देशन दिए ।

भेलामा तरुण दलका जिल्ला अध्यक्ष सुक गुरुङले नवलपरासीमा कांग्रेस र गठबन्धनका उम्मेदवार जिताउन कुनै कसर नराखी अभियान सञ्चालन गर्ने बताए ।

 


प्रतिक्रिया

One thought on “तरुण दल अध्यक्ष गुरुङको प्रस्ताव- चुनाव जितेपछि विनोद चौधरीलाई अर्थमन्त्री बनाउनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर