एमालेले चार भागमा एक भाग भोट गन्दै उठेर हिँड्ने दिन आउँछ : मोहन बस्नेत – Nepal Press

एमालेले चार भागमा एक भाग भोट गन्दै उठेर हिँड्ने दिन आउँछ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक २ का उम्मेदवार मोहनबहादुर बस्नेतले आगामी निर्वाचन संविधानको रक्षा गर्ने र भत्काउनेबीचको लडाइँ भएको बताएका छन् ।

सिन्धुपाल्चोकका गठबन्धन उम्मेदवार र काठमाडौंमा बस्ने नेता कार्यकर्ताबीच अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको उत्साहले आफूहरुले चुनाव जितिसकेको जस्तै भएको बताएका हुन् ।

उनले सिन्धुपाल्चोक १ मा कांग्रेसलाई आफूले स्थापित गरेको दाबी गरे । नेता बस्नेतले भने, ‘दुई नम्बर क्षेत्रमा पनि कांग्रेसको खाता खोल्ने भाग्य मलाई नै प्राप्त भयो । त्यसैले मैले यसलाई अवसरको रुपमा लिएको छु। हामीले बोलेको काम ५ वर्षमा पूरा गर्छौं । सिन्धुपाल्चोक २ विकसित बनाउने गरी गठबन्धनको तागत लगाउँछौं । त्यसमा मेरो अहम् भूमिका हुन्छ । हामीले कति हजार मतान्तरले जित्ने भन्नेमात्रै हो । हामीले त्यहीअनुसार लाग्नुपर्छ ।’

स्थानीय चुनावमा पनि आफू बिरामी हुँदासमेत निरन्तर लागेकै कारणले सिन्धुपाल्चोकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सफल भएको उनले दाबी गरे ।

उनले भने, ‘अब एक महिना समय अझै छ । तपाईंहरु कसैले आराम गर्न पाउनुहुन्न । अल्छी गर्न पाउनुहुन्न । मलाईं डेंगु लागेको छ । तर पनि म सबै वडामा पुग्छु ।’

गठबन्धनका सबै एकजुट भएर चुनावी प्रचारमा लागे जीतलाई कसैले रोक्न नसक्ने नेता बस्नेतको भनाइ छ । ‘गठबन्धनका साथीहरु एकजुट भएर कस्सिएर काममा लाग्यौं र यता हेर्‍यो गठबन्धन उता हेर्‍यो गठबन्धन गर्न सक्यौँ भने भोट गन्ने बेलामा एमाले चार भागमा एक भाग भोट गन्दा नै उठेर हिँड्छन् । त्योसम्म दिन आउँछ । त्यसैले हामी क्रियाशील भएर लाग्नुपर्छ ।’


प्रतिक्रिया

One thought on “एमालेले चार भागमा एक भाग भोट गन्दै उठेर हिँड्ने दिन आउँछ : मोहन बस्नेत

  1. पहिला जस्तै 12 हजार मतले न हार्नु होला । 6 हजारले मात्रै हार्नु होला शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर