माधव नेपालप्रति ओलीको कटाक्ष : फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही हुनुपर्छ – Nepal Press

माधव नेपालप्रति ओलीको कटाक्ष : फ्रि-भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारबाही हुनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

झापा १ मा आयोजित राप्रपासँगको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले फ्रि-भिसा र फ्रि-टिकटको आश्वासन दिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, ‘बारा, रौतहट, डडेल्धुरालगायतका जिल्लामा फ्रि-भिसा र फ्रि-टिकटको कुरा गरेर जनतालाई भ्रम छरिरहेका छन्। त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले तत्काल कारवाही गर्नुपर्छ ।’

यस्तै, पूर्व श्रम मन्त्री समेत रहेका किसान श्रेष्ठले बारा ४ का युवाहरुलाई फ्रि-भिसा र टिकट भनेर बोर्ड नै टाँसेर राखेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर