झापा-१ मा सूर्यमा मतदान नगर्ने चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : लिङ्देन – Nepal Press

झापा-१ मा सूर्यमा मतदान नगर्ने चुनावपछि राप्रपा कार्यकर्ता नै रहँदैनन् : लिङ्देन

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा-१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले-राप्रपा संयुक्त बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

झापा-१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । यहाँ एमालेबाट अग्नि खरेल उम्मेदवार छन् ।

एमालेले राजेन्द्र लिङ्देन, दीपक बोहरा र धवलशमशेर जबरालाई छाड्ने गरी राप्रपासँग तालमेल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर