जोशीको निधनप्रति एमाले अध्यक्ष ओलीद्धारा शोक व्यक्त – Nepal Press

जोशीको निधनप्रति एमाले अध्यक्ष ओलीद्धारा शोक व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधन प्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ओलीले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको  बताएका छन् ।

‘शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु। उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ’उनले लेखेका छन्, ‘अलविदा शताब्दी पुरुष हार्दिक श्रद्धासुमन परिवारजनमा गहिरो समवेदना ।’

उपचारको क्रममा ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको हाे ।

जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर