९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला दलबाटै – Nepal Press

९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला दलबाटै

उदयपुर । करिब ९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला राजनीति दलहरूबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्‍याउन र आचारसंहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।

कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको विषयमा जानकारी गराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर