रुपन्देहीमा १५ पदका लागि २०२ जना मैदानमा – Nepal Press

रुपन्देहीमा १५ पदका लागि २०२ जना मैदानमा

रुपन्देही । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको १५ पदका लागि २०२ जना मैदानमा उत्रिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले २०२ जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

प्रतिनिधिसभातर्फ दल र स्वतन्त्र गरी ८८ जना तथा ११४ जनाले प्रदेशसभातर्फ उम्मेदवार छन् । बुधबार रुपन्देहीस्थित पाँचवटै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जिल्लाबाट कुल २१४ जनाले उम्मेदवारी दर्ता गराएकोमा नौजनाले उम्मेदवारी फिर्ता लिएको र तीनजनाको उम्मेदवारी खारेज भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए । उनका अनुसार चार जना प्रतिनिधिसभा सदस्यका र पाँच जना प्रदेशसभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी खारेज हुनेमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही २ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाल पार्टीका कमल भुसाल ‘निकोलस’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल छन् । तीन जनाविरुद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ एकीकृत समाजवादीका रुपन्देही अध्यक्ष हुन् । अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरिएको छ । भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेकाले र स्वतन्त्रबाट उम्मेदवार बस्यालको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड (ङ) वमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नौजनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय रहेको सो अवधिमा रुपन्देहीबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर