देउवाविरुद्धको उजुरी खारेज, फरक जन्म मिति ‘प्रिन्ट मिस्टेक’ भएको ठहर – Nepal Press

देउवाविरुद्धको उजुरी खारेज, फरक जन्म मिति ‘प्रिन्ट मिस्टेक’ भएको ठहर

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार देउवाविरुद्धको उजुरी खारेज गरेका जनाएको छ । नागरिकता र मतदाता नामावलीमा देउवाको जन्म मिति फरक फरक रहेको भन्दै सोमबार कर्ण मल्लले देउवा विरुद्ध उजुरी दर्ता गरेका थिए । नागरिकतामा देउवाको जन्म मिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्म मिति २००२ साल जेठ ३१ गते रहेको थियो ।

आज मतदाता परिचयपत्रमा भएको जन्म मितिमा प्रिन्ट मिस्टेक भएको भन्दै जवाफ पेस गरिएको थियो । उजुरी खारिज गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर