रुकुमपश्चिम प्रदेशसभा ‘ख’ मा बैंकिङ कसूरमा दोषी ठहरिएका कांग्रेसका ओलीको उम्मेदवारी खारेज – Nepal Press

रुकुमपश्चिम प्रदेशसभा ‘ख’ मा बैंकिङ कसूरमा दोषी ठहरिएका कांग्रेसका ओलीको उम्मेदवारी खारेज

काठमाडौं । रुकुमपश्चिम प्रदेशसभा निर्वाचन ख मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । बैंकिङ कसूरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भइ सजाय पाएका ओलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमपश्चिममा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधको उजुरी परेकोमा छानबिनपछि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी खारेज गरेको हो ।

कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।

गठबन्धनको भागवण्डाअनुसार रुकुमपश्चिम प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ख मा कांग्रेसरमाओवादी भनेर नै उल्लेख गरेको थियो । सोहीअनुसार माओवादीका साथै कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर