प्रतिनिधिसभाका लागि २ हजार ५ सय जनाको उम्मेदवारी, ५७ दल भिड्दा स्वतन्त्र कति ? (सूचीसहित) – Nepal Press

प्रतिनिधिसभाका लागि २ हजार ५ सय जनाको उम्मेदवारी, ५७ दल भिड्दा स्वतन्त्र कति ? (सूचीसहित)

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ ५७ राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ हजार ५ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा अन्तर्गतको प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिस्पर्धाका लागि निवेदन दिएका ८७ दलमध्येबाट ५७ राजनीतिक दल र स्वतन्त्रसहित गरेर २ हजार ५ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला रहेका छन् । ५७ दलबाहेक ८ सय ५८ पुरुष र ८५ जना महिला गरेर ९ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिनिधिसभाका लागि दर्ता गरेका दल/स्वतन्त्र:

यस्तै, प्रदेश सभामा निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनमा सहभागि हुनका लागि प्रदेश एकमा ७० दलले निवेदन दिएकोमा ३० दलले उम्मेदवारी दर्ता गराएका छन् । मधेश प्रदेशमा ७५ दलले निवेदन दिएकोमा ३७ दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । बागमती प्रदेशमा ७२ दलले निवेदन दिएकामध्ये ३२ दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा ६६ दलमध्ये २३ दलले उम्मेदवारी दर्ता गराएका छन् । लुम्बिनी प्रदेशमा ६८ दलले निवेदन दिएकोमा २५ दलले उम्मेदवारी दर्ता गराएका छन् । कर्णाली प्रदेशमा ६४ दलले निवेदन पेश गरेकोमा १६ दलले मात्र उम्मेदवारी दर्ता गराउदाँ सुदूपश्चिम प्रदेशमा ६४ दलले निवेदन दर्ता गराएकोमा २० दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश नं. १ मा ३० दल र स्वतन्त्रबाट ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन् । जसमा चार सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएका आयोगले जनाएको छ । मधेश प्रदेशमा ३७ दल र स्वतन्त्रबाट १ हजार ५५ जनाको उम्मेदवारी परेको छ । जसमा नौ सय ७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् ।

वागमती प्रदेशमा ३२ दल र स्वतन्त्रबाट गरेर ७ सय १ जनाको उम्मेदवारी परेको छ । जसमा ६ सय १९ पुरुष र ८२ मात्रै महिला रहेका छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्षतर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा २ सय ३७ पुरुष र ३४ जना जना महिला रहेका छन् ।

लुम्बिनी प्रदेशमा २५ राजनीतिक दल र स्वतन्त्रबाट गरेर पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ । जसमा ५ सय पुरुष र ३२ जना महिला रहेका छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी १ सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा १ सय ३९ पुरुष र ४ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा २० राजनीतिक दल र स्वतन्त्रबाट गरेर २ सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा २ सय १२ पुरुष र १४ महिला रहेका छन् ।

प्रदेशसभाका लागि दर्ता गरेका दल/स्वतन्त्र: 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *