नुवाकोटमा गठबन्धनको दोहोरो उम्मेदवारी, बहादुर सिंह र राममायामा को आधिकारिक ? – Nepal Press

नुवाकोटमा गठबन्धनको दोहोरो उम्मेदवारी, बहादुर सिंह र राममायामा को आधिकारिक ?

काठमाडौं । सत्ता गठबन्धनको भागबन्डाविपरीत अन्तिममा हेरफेर भएपछि नुवाकोट क्षेत्र नम्बर २ का दुवै प्रदेशसभामा कांग्रेस र माओवादीको दोहोरो उम्मेदवारी परेको छ ।

सुरुमा सहमतिअनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा (क) नेकपा एकीकृत समाजवादी र (ख) माओवादीले पाएको थियो । प्रतिनिधिसभाको सीट कांग्रेसले पाएको थियो ।

अन्तिममा कांग्रेस र माओवादीले पहिलेको निर्णय उल्ट्याएपछि एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनी र माओवादी केन्द्रकी राममाया बोगटीको क्षेत्र खोसिएको थियो ।

तर, बोगटीले पार्टीको आधिकारिक उम्मेदवारकै रुपमा क्षेत्र (ख) बाट उम्मेदवारी दिएकी छन् भने सोही क्षेत्रमा कांग्रेसका बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन् ।

बोगटीले आफू बागी उम्मेदवार नभई पार्टीको आधिकारिक उम्मेदवार रहेको र पार्टीले नै दिएको टिकटमा उम्मेदवारी दर्ता गरेको बताएकी छन् । दोहोरो उम्मेदवारीका सन्दर्भमा शीर्ष तहबाटै निर्णय हुनुपर्ने माओवादीले जनाएको छ ।

प्रतिनिधिसभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले टिकट पाएपछि बहादुरसिंह लामा प्रदेशमा झर्दा पहिलेको सीट बाँडफाँटविपरीत दोहोरो उम्मेदवारी परेको हो ।

अर्जुनले माथि टिकट पाएपछि वहादुर सिंह प्रदेशमा नपरे आफूलाई चुनाव हराउने भन्दै उनको लागि सीट मिलाउँदा राममायाको ठाउँमा कांग्रेसको पनि उम्मेदवारी परेको छ भने नेकपा एसले पाएको ठाउँमै अर्जुन जिल्ला पन्चायतको सभापति हूँदाका उपसभापति ढुंगानाको उम्मेदवारी माओवादीबाट परेको छ ।

बहादुर र रामप्रसाद नै गठबन्धनको आधिकारिक उम्मेदवार भएको दावी अर्जुन पक्षले गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *