गच्छदारको उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी, भ्रष्टाचार मुद्दा खेपिरहेकाले अयोग्य भएको दाबी – Nepal Press

गच्छदारको उम्मेदवारी खारेज गर्न आयोगमा उजुरी, भ्रष्टाचार मुद्दा खेपिरहेकाले अयोग्य भएको दाबी

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। ललिता निवास जग्गा प्रकरणका आरोपित गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको हो।

गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन्।

नेता गच्छदार बालुवाटार जग्गा प्रकरणमा १० लाख धरौटीमा रिहा भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर