देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न मल्लको उजुरी
२०७९ असोज २४ गते १६:१७
कैलाली । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ ।
नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।
मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् ।
प्रतिक्रिया
One thought on “देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न मल्लको उजुरी”
Leave a Reply to Nitin giri Cancel reply
सम्बन्धित खवर
Gahiro chanbin hunai parcha. Sattadhari party ka president harulai Nepali janata le dand dine samaya yehi ho.