देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न मल्लको उजुरी – Nepal Press

देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न मल्लको उजुरी

कैलाली । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ ।

नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट उनी देउवा विरुद्ध चुनावी मैदानमा छन् ।

 


प्रतिक्रिया

One thought on “देउवाको नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक, उम्मेदवारी रद्द गर्न मल्लको उजुरी

  1. Gahiro chanbin hunai parcha. Sattadhari party ka president harulai Nepali janata le dand dine samaya yehi ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर