रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध सबै ठाउँमा आफ्नै पार्टीका बागी खडा – Nepal Press

रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध सबै ठाउँमा आफ्नै पार्टीका बागी खडा

रामेछाप । रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध आफ्नै पार्टीबाट सबै पदमा बागी उम्मेदवार बनेका छन् । प्रतिनिधिसभामा गठबन्धनमा नेपाली कांग्रेसका कान्छाराम तामाङविरुद्ध कांग्रेसकै नेता चन्द्रबहादुर राउत बागी उम्मेदवार बनेका छन् ।

त्यस्तै अर्का नेता केदार खड्का बिपी कांग्रेसबाट उठेका छन् । नेकपा माओवादी केन्द्रका रामकुमार तामाङ पनि कान्छारामविरुद्ध बागी उम्मेदवार बनेका छन् ।

त्यस्तै प्रदेश तर्फ १ नम्बर क्षेत्रमा माओवादीका तारानारायण श्रेष्ठविरुद्ध सोही पार्टीका प्रदेश कमिटी सदस्य रविन्द्र पौडेल गौरवले उम्मेदवारी दिएका छन् । उनी यो क्षेत्रबाट उम्मेदवार बन्नका लागि प्रयासरत थिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा पनि माओवादी उम्मेदवार युवराज चौलागाईविरुद्ध पहिलो संविधानसभामा निर्वाचित भएका नेता डिल्लीमान तामाङले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवार फिर्ता गराउन सोमवारदेखि पहल गरिने नेताहरूले बताएका छन् ।

गठबन्धनमा कुनै पनि सीट नपाएपछि नेकपा एसले तीन वटै सीटमा उम्मेदवारी दिएको छ । रामेछापमा एमालेबाट प्रतिनिधि सभामा कैलाश प्रसाद ढुंगेल र प्रदेशमा शान्ति पौडेल तथा मिलन घिसिङ उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *