सरकारको नेतृत्व गर्ने जोस मसँग छ : गगन थापा – Nepal Press

सरकारको नेतृत्व गर्ने जोस मसँग छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने आकांक्षा व्यक्त गरेका छन् । काठमाडौं ४ बाट उम्मेदवारी दर्ता गरेपछि सांसदको रूपमा आफ्नो विकास निर्माणका जिम्मेवारी सम्हालेको बताएका हुन् ।

उनले भने, ‘अहिले गठबन्धनको तर्फबाट निर्वाचनमा गइरहेका छौँ। मैले सांसदको रूपमा यो ठाउँको विकास निर्माणका जिम्मेवारी छँदैछ । यो पटक चाहिँ अनुभवको आधारमा मौका पर्दा पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ ।’

उनले आफूलाई अहिलेको स्थानसम्म ल्याइदिनुभएकोमा शीर्ष नेताहरूलाई आभार व्यक्त गरे।

उनले भने, ‘म अबको पाँच वर्ष मूल राजनीतिमा बस्ने प्रयत्न गर्छु। कर्म गरेपछि फल कस्तो पाइन्छ समयले बताउला। म यहाँबाट सांसदको रूपमा निर्वाचित भएर गएपछि सांसदको रूपमा पुरा गर्ने जिम्मेवारी छँदैछ। मैले नेपाल सरकारको नेतृत्व गर्ने प्रयत्न गर्छु। मलाई त्यसको लागि अनुभव र जोस मसँग छ।’

उनले सर्लाही ४ जानेबारे चर्चा चलेपछि काठमाडौं ४ छोड्न नचाहेको प्रष्ट पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर