पार्टी कार्यालयमा पूजा लाएर सुनिल शर्माको उम्मेदवारी दर्ता, जनसेवा र गठबन्धनको बलमा जित्ने दाबी – Nepal Press

पार्टी कार्यालयमा पूजा लाएर सुनिल शर्माको उम्मेदवारी दर्ता, जनसेवा र गठबन्धनको बलमा जित्ने दाबी

विराटनगर । नेपाली कांग्रेसबाट मोरङ ३ को टिकट पाएका युवा नेता तथा व्यवसायी सुनिल शर्माले फरक शैलीमा उम्मेदवारी मनोनयन गरेका छन् । पार्टी कार्यालयमा हिन्दू परम्पराअनुसार पूजापाठ गरेपछि गलामा रुद्राक्षको माला लगाएर शर्मा उम्मेदवारी मनोनयन गर्न गएका थिए ।

सो क्षेत्रका नेता कार्यकर्तासँगै उम्मेदवारी दर्ता गराएका शर्माले गठबन्धनको जीत सुनिश्चित रहेको बताए । उनी सो क्षेत्रमा एमालेका नेता भानुभक्त ढकालसँग दोस्रोपटक चुनावी मैदानमा भेटिँदैछन् ।

अघिल्लो पटक वाम गठबन्धन हुँदा पनि उनी झिनो मतले पराजित भएका थिए । नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माले चुनाव हारेपछि पनि आफू जनताकै सेवामा रहेकाले यसपटक फराकिलो अन्तरमा जित्ने दाबी गरे ।

उनले आफ्नो जनसेवा र कांग्रेस तथा गठबन्धन दलहरुबीचको मजबुत एकता जीतको आधार रहेको बताए । सोही क्षेत्रमा राप्रपाबाट नायिका रेखा थापाले उम्मेदवारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर