मनोनयनअघि रामचन्द्र पौडेलले भने- केही गर्न बाँकी छ, त्यसैले यहाँ छु – Nepal Press

मनोनयनअघि रामचन्द्र पौडेलले भने- केही गर्न बाँकी छ, त्यसैले यहाँ छु

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो मिसन पूरा नभएकाले अझै सक्रिय राजनीतिमा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न तनहुँ आएका पौडेलले देश, लोकतन्त्र, जनता, अधिकारका काममा केही काम बाँकी नै रहेकाले आफू उम्मेदवार बन्नुपरेको बताए ।

उनले भने, ‘केही काम बाँकी छ भनेर नै यो उमेरमा सक्रिय राजनीतिमा छु । केही गर्ने मिसन पूरा गर्न बाँकी छ । त्यसैले म तपाईँहरूको अघि छु ।’

देशको विकास र विकृति हटाउने अठोट आफूहरूले लिएको उनको भनाइ थियो । आफूले तनहुँमा रोजगारी र आम्दानी गाउँ गाउँमा पुर्‍याउन चाहेको उनले बताए ।

पाँच दलीय गठबन्धन देशको विकासका लागि संकल्प गरेर अघि बढेको बताए ।

जनता समाजवादी पार्टी (जसपा) ठूलो भाग खोजेर नेकपा एमालेसँग मिल्न गए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आएर जसपाको ठाउँ लिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर