आधा घण्टा पनि टिकेन समझदारी, दाङ १ मा एमालेले शान्तालाई नै उठाउने – Nepal Press

आधा घण्टा पनि टिकेन समझदारी, दाङ १ मा एमालेले शान्तालाई नै उठाउने

दाङ । दाङ क्षेत्र नम्बर १ एमालेले नेपाली काँग्रेसको शेखर कोइराला समूहका डाक्टर गोविन्दराज पोखरेललाई सघाउने निर्णयबाट ब्याक भएको छ ।

काँग्रेस भित्रको विद्रोही समूहसँग चुनावी तालमेल हुनेभएपछि शेखर समूहका पोखरेललाई दाङ क्षेत्र नम्बर १ मा सघाउने एमाले महासचिव शंकर पोखरेलले नेपाल प्रेस लाई जानकारी दिएका थिए । तर, त्यसको आधा घण्टापछि शेखर समूहलाई सघाउने निर्णयबाट ब्याक भएको महासचिव पोखरेल बताए ।

यस क्षेत्रमा एमालेले शान्ता चौधरीले उम्मेदवारी दिँदै छन् ।

‘पहिले महासचिव पोखरेलले फोन गरेर गोविन्द पोखरेललाई सघाउने भएकाले उम्मेदवारी नदिन भन्नुभएको थियो,’ चौधरीले भनिन्, ‘अहिले फेरि तपाई नै उम्मेदवारी दिनुस् भन्नुभएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर