निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्षसहित विज्ञ समूहले बुझायो प्रतिवेदन – Nepal Press

निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्षसहित विज्ञ समूहले बुझायो प्रतिवेदन

काठमाडौं । पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्रीदेउवालाई हस्तान्तरण गरेको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष रहेकाे पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए ।

काठमाडौं(तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र पूर्व(पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदीबीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र विमानस्थल निर्माणको लागि उपयुक्त देखिएको उनले बताए ।

निर्धारित समयमै विज्ञ समूहले अध्ययन गरी प्रतिवेदन बुझाएको छ । विज्ञ समूहले दिएको प्रतिवेदन अनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य छिट्टै सुरु गरिने मन्त्रीले श्रेष्ठले बताए ।


प्रतिक्रिया

One thought on “निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्षसहित विज्ञ समूहले बुझायो प्रतिवेदन

  1. अति-विज्ञ श्रीमानहरुको आदेशको अर्थ नबुझी जिद्दी प्रतिवेदन बुझाउनेहरु लाई परमादेश जारी गरेर ठेगान लगाई दिनुपर्छ भन्ने हामीलाई लागिरा’?छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *