अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै – Nepal Press

अनसनरत् डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै

कैलाली । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै धनगढीमा अनसन बसिरहेका डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको छ ।

पोषण तत्व र पानीको मात्रा कम भएर स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको सेती प्रादेशिक अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

केसीको २०औं अनसनको आज सातौं दिन हो । उनको स्वासप्रश्वास बढेको, पाँच दिनमा तौल २ किलो घटेको छ ।

सरकारले हिजो डा. केसीसँग वार्ता गर्ने बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *