राहुल गान्धीको टि-शर्ट कसरी बन्यो राजनैतिक बहसको विषय ? – Nepal Press

राहुल गान्धीको टि-शर्ट कसरी बन्यो राजनैतिक बहसको विषय ?

काठमाडौं । छिमेकी मुलुक भारतको प्रमुख प्रतिपक्ष दलका नेता राहुल गान्धी यति बेला ‘भारत जोडो’ यात्रामा छन् । राहुलको यस यात्रालाई भारतमा कांग्रेसलाई ‘रिभाईभ’ गराउनका निमित्त कांग्रेसले अगाडि बढाएको सबै भन्दा प्रभावकारी कदमको रुपमा समेत व्याख्या गरिन थालिएको छ ।

सोही कारण सत्तापक्ष र प्रतिपक्षबीच यो यात्रालाई लिएर राजनैतीक घोचपेच तथा बहसको अवस्था समेत सुरु भएको छ । यात्राको औचित्य , प्रभावकारिता लगायतका विषयलाई लिएर राजनैतिक बहस हुनु सामान्य भए पनि हाल भारतमा राहुलले लगाएको टि( शर्टलाई लिएर बहस सुरु भएको छ।

यो बहस तब सुरु भयो जब नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो अधिकारिक ट्विटर ह्याण्डलबाट राहुल गान्धीसँगै विदेश ब्राण्ड बरबरीको एक टि( शर्टको तस्बिर सार्वजनिक गर्‍यो जसको क्यापसनमा लेखिएको थियो ‘भारत देखो’ अर्थात भारतलाई हेर्नुहोस् । उक्त पोस्ट मार्फत भाजपाले ४१ हजार भारुको र त्यो पनि विदेशी ब्राण्डको टि- शर्ट लगाएर राहुल ‘भारत जोडो’ यात्रामा निस्केका छन् भन्ने कटाक्ष गरेको थियो यद्यपि सो ट्वीट भाजपाका लागि महङ्गो प्रमाणित हुन पुग्यो ।

वास्तवमा भाजपा नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदी सामान्यतया राहुलको भन्दा निकै महङ्गो पहिरन गर्ने भएकाले भाजपाको पोस्टले भाजपालाई नै ‘ब्याक फायर’ गरेको हो । मोदीले प्रयोग गर्ने कलम , चस्मा देखी अन्य कपडाहरुलाई मध्यनजर गर्दा यस विषयमा सबै भन्दा सौखिन नेता नरेन्द्र मोदीनै देखिन्छन् ।

मोदीले बारक ओबामाको भारत भ्रमणको क्रममा लगाएको शुटको मुल्य १० लाख भारु जनाइएको थियो । यस बाहेक मोदीले लगाउदै आएको चस्मा ‘मेब्याक ’नामक ब्राण्डको जसको मुल्य लगभग साडे १ लाख भारु रहेको छ भने उनले प्रयोग गर्ने पेनको मुल्य पनि १ लाख भन्दा माथि रहेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *