एमालेले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल – Nepal Press

एमालेले धनुषाबाट महासेठ दम्पती उम्मेदवार सिफारिस, ३ बाट जुली, ४ मा रघुवीर एकल

जनकपुरधाम । धनुषाको दुई अलग क्षेत्रमा नेकपा एमालेबाट रघुवीर महासेठ र उनका श्रीमती जुली महतो उम्मेदवार सिफारिस भएकी छन् ।
धनुषा क्षेत्र नम्बर ४ का लागि एमाले क्षेत्रिय समितिले रघुवीरलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । ०७४ मा यही क्षेत्रबाट रघुवीर निर्वाचित भएका थिए ।

पटक पटक मन्त्री भइसकेका रघुवीर एमालेका केन्द्रीय सचिव र मधेस प्रदेश इन्चार्ज हुन् । एमाले क्षेत्रिय समितिले यो पटक उनको एकल नाम सिफारिस गरेपछि उनी उम्मेदवार बन्ने निश्चित भएको छ ।

यो क्षेत्रमा नेपाली काँग्रेसबाट सह–महामन्त्री महेन्द्र यादव चुनावी मैदानमा उत्रने चर्चा चलिरहेको छ । ०७४ रघुवीरले २२ हजार ५३२ मत ल्याएर विजयी हुँदा यादवले १९ हजार ९९१ मत पाएका थिए ।

यता, धनुषा ३ बाट रघुवीरकै श्रीमती जुली महतोको एकल नाम एमाले क्षेत्रिय समितिले सिफारिस गरेको छ । यो क्षेत्रबाट जसपासँग गठबन्धन गरी तत्कालिन राजपाबाट उम्मेदवार भएका राजेन्द्र महतो निर्वाचित भएका थिए ।

त्यतिबेला नेकपा एमालेसँग गठबन्धन गरी माओवादीले रामसिंह यादवलाई उम्मेदवार बनाउँदा मात्र २ हजार ३४६ मत पाएका थिए । जबकी विजयी भएका राजेन्द्र महतो ३० हजार ७५० मत ल्याउन सफल भएका थिए । काँग्रेसका उम्मेदवार विमलेन्द्र निधी २७ हजार ८४७ मत ल्याएर निकटम प्रतिद्वन्दी बनेका थिए ।

आसन्न निर्वाचनमा निधी समानुपातिकमा सिफारिस भएका छन् । लोसपाका बरिष्ट नेता राजेन्द्र महतो यहीबाट चुनाव लड्ने लगभग निश्चित छ । उनी घरदैलो समेत गर्न थालेका छन् । निधी प्रत्यक्ष चुनाव नलड्ने भएपछि सत्ता गठबन्धनबाट कुन दलका को उम्मेदवार हुने निश्चित छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर