क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते – Nepal Press

क्यानडामा छुरा प्रहारबाट १० जनाको मृत्यु, एक दर्जन घाइते

काठमाडौं । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।

पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए । स्थानीयहरुलाई सुरक्षित स्थानमा रहन भनिएको छ ।

‘सुरक्षित स्थान नछोड्नुहोस्। अरूलाई आफ्नो निवासमा ल्यानुअघि सावधानी अपनाउनुहोस् रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) सास्काचेवानले ट्वीट गरे।

जेम्स स्मिथ क्री नेसनमा आपतकाल घोषणा गरिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आक्रमणलाई ‘भयानक र हृदयविदारक’ भनेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर