सिन्जो आबे हत्या प्रकरण : विवादस्पद धार्मिक अभियानले निम्त्याएको परिणाम – Nepal Press

सिन्जो आबे हत्या प्रकरण : विवादस्पद धार्मिक अभियानले निम्त्याएको परिणाम

काठमाडौं । गत असार २४ गते जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या भयो । चुनावी सभालाई सम्बोधन गरिरहेको समयमा उनलाई ४१ वर्षीय एक व्यक्तिले गोली प्रहार गरेका थिए । हाल उनी प्रहरीको नियन्त्रणमा रहेका छन् भने प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ । अनुसन्धानको अन्तिम निष्कर्ष आउन अझै बाँकी नै रहे तापनि उनले प्रहरी समक्ष दिएको एक बयानले हाल जापानमा ठूलै बहस सिर्जना गरेको छ ।

अभियुक्तले प्रहरीलाई बयान दिने क्रममा ‘युनिफिकेसन चर्च’ नामक धार्मिक अभियानको कारण आफू कंगाल भएको बताएसँगै हाल जापानमा ठूलो बहस सुरु भएको हो । अभियुक्तले ‘युनिफिकेसन चर्च’ का निमित्त आफ्नी आमाले सारा सम्पत्ति दान गरेको बताएपछि केहीले उनीप्रति सहानुभूति प्रकट गर्दै टेत्सुया यामागामीको डिटेन्सन सेन्टरमा उनलाई हौसला प्रदान गर्न ’केयर प्याकेज’ पठाउन पर्नेसमेत बताएका छन् ।

यति मात्र नभएर लगभग सात हजार भन्दा बढी मानिसहरुले अभियोजन पक्षीय उदारताको अनुरोध गर्दै निवेदनमा हस्ताक्षरसमेत गरेका थिए । अभियुक्तले बयानको क्रममा सिन्जोको अज्ञात धार्मिक समूहसँग सम्बन्ध रहेको कारण उक्त कदम उठाएको बताएका छन् । उक्त धर्मिक अभियानको नाम हालसम्म सार्वजनिक नगरिए पनि सो अभियान ’युनिफिकेसन चर्च’ नै रहेको जानाकारवालाहरु बताउँछन् ।

के हो ’युनिफिकेसन चर्च’ अभियान र सिन्जोको कनेक्सन ?

युनिफेकेसन चर्च अभियान भनेको ‘फेमेली फेडरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन’ नामक अभियानको अर्को रुप हो । यसलाई एक धार्मिक अभियान/आन्दोलन भनेर लिने गरिन्छ भने यसका सदस्यलाई ’युनिफिकेनिस्ट अथवा ‘मुनिज’ भन्ने गरिन्छ ।

धार्मिक नेता सन म्युङ मुनले सन् १९५४ मा यसको स्थापना गरेका थिए । युनिफिकेसन चर्च नामक उक्त अभियान मुनको ‘डीभाइन’ सिद्धान्तमा आधारित छ भने यो नाइसेन इसाइ धर्म भन्दा फरक रहेको छ ।

बहूविवाह, क्षतिपूर्ती लगायतका विषयमा यसले वकालत गर्दै आएको धारणा नाइसेन इसाई धर्म भन्दा फरक रहेको छ । युनिफिकेसन चर्च अभियान विवादमा तानिनुको मुख्य कारण भने यसको राजनैतिक संलगनता र धारणा रहेको छ । यो अभियानले ‘एन्टी कम्युनिजम’ र दुई कोरियाको एकिकरणको वकालत गर्दै आएको छ । शिन्जो आबे, साथै उनका बुबा शिन्तारो आबे र उनका मामा हजुरबुवा नोबुसुके किशी यस अभियानका कट्टर समर्थकको रुपमा चिनिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर