पैसा फिर्ता नगरेपछि कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्ता आन्दोलनमा – Nepal Press

पैसा फिर्ता नगरेपछि कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका बचतकर्ता आन्दोलनमा

काठमाडौं । शान्तिनगरको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका बचतकर्ताहरू आन्दोलनमा उत्रिएका छन् ।

२५ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीले आफूहरूको बचत रकम फिर्ता नदिएको भन्दै आन्दोलन थालेका हुन् । सहकारीले भने सबै बचतकर्ता एकैपटक पैसा लिन आएपछि समस्या परेको भनेर पन्सिएको छ ।

फिक्स डिपोजिटमा राखेको बचतको समय अवधि पूरा हुँदासम्म पैसा निकाल्न नदिएको गुनासो बचतकर्ताहरूको छ ।

पीडितमध्येकी एक रमा दाहालले आफ्नो फिक्स डिपोजिटमा राखेको २० लाखको समयसीमा एक साताअघि नै सकिएकोमा आधा मात्रै पैसा दिएर बाँकी पैसा पुन: डिपोजिट गराएर सहकारीले नवीकरण गराएको बताइन् ।

यस सहकारीमा २० हजार सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर