राष्ट्रिय च्याम्पियन स्यान्टु अष्ट्रेलिया जाँदै, टेनिस संघले गर्‍यो बिदाई – Nepal Press

राष्ट्रिय च्याम्पियन स्यान्टु अष्ट्रेलिया जाँदै, टेनिस संघले गर्‍यो बिदाई

काठमाडौं । टेबल टेनिसका राष्ट्रिय च्याम्पियन स्यान्टु श्रेष्ठलाई उच्च शिक्षा अध्यनका लागि अखिल नेपाल टेबल टेनिस संघले उज्वल भविष्यको शुभकामनासहित बिदाई गरेको छ ।

स्यान्टुलाई लैनचौरस्थित टेबल टेनिस कभर्डहलमा मंगलबार एक कार्यक्रमबीच संघका राष्ट्रिय अध्यक्ष चतुरानन्द राजवैद्यले च्याम्पियन श्रेष्ठलाई खादा तथा राष्ट्रिय झण्डा प्रदान गरेर बिदाई गरे ।

यस्तै, श्रेष्ठलाई संघका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं जिल्ला टेबल टेनिस संघका अध्यक्ष धर्ममान बज्राचार्य, प्रमुख प्रशिक्षक संजीव कुमार ढुङ्गेल, प्रशिक्षकहरु, खेलाडीहरु लगायतले खादा, अविरसहित उज्वललाई बिदाई गरे ।

राष्ट्रिय च्याम्पियन स्यान्टु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया प्रस्थान गर्दैछन् । तीन पटकका च्याम्पियन स्यान्टुले दक्षिण एशियाली खेलकुदमा १ रजत र ३ कास्य पदक प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *