परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने – Nepal Press

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आगामी मंगलबार चीनको भ्रमण जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. खड्काले २४ गतेदेखि २६ गतेसम्म चीनको  भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलेसीको ताइवान भ्रमणले चीन-अमेरिका तनाव बढिरहेको बेला चीनले ताइवान मुद्दामा नेपालको समर्थन खोजेको छ ।

बुधबार मात्र नेपालका लागी चीनकी राजदूत होउ यान्छीले विज्ञप्तिमार्फत ताइवान मुद्दामा नेपालले चीनको साथ दिने छ भन्ने कुरामा आफू विश्वस्त रहेको बताएकी थिइन् ।

यस्तो अवस्थामा परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई कूटनीतिक हिसाबले महत्वका साथ हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर