प्रचण्ड आज जापान जाँदै – Nepal Press

प्रचण्ड आज जापान जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज साँझ जापान जाँदैछन् । आज राति साढे १० बजको नेपाल वायु सेवा निगमको फ्लाइटबाट जापान जान लागेका हुन् ।

जापानस्थित नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन उनी आज बेलुका १०:३० बजे जापान जान लागेको प्रचण्डका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए। उनले त्यहाँ कसकसलाई भेट्दैछन् भन्ने खुलाएका छैनन् ।  यसअघि उनी भारत भ्रमणमा गएका थिए ।

उनी साउन २५ मा स्वदेश फर्किनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर