चिनियाँलाई अपहरण गरी बन्धक बनाएको आरोपमा न्यायाधीशका पीएसओ पक्राउ – Nepal Press

चिनियाँलाई अपहरण गरी बन्धक बनाएको आरोपमा न्यायाधीशका पीएसओ पक्राउ

काठमाडौं । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ परेका पीएसओको नाम प्रहरीले खुलाएको छैन । लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित एक होटलमा बन्धक बनाउँदै फिरौती मागिएको थियो । चिनियाँको अपार्टमेन्टबाट पैसा, मोबाइलसमेत अपहरणकारीले लगेका थिए ।

प्रहरीले पक्राउ परेकाको साथबाट ८ लाख रुपैयाँ नेपाली पैसा र २७ थान मोबाइल बरामद गरेको छ । अपहरण गर्ने गिरोहले चिनियाँको नेपाली दोभाषेलाई नियन्त्रणमा लिएर उनीसम्म पुगेको बताइएको छ । ३÷४ वर्षदेखि नेपाल बस्दै आएको ती चिनियाँ नेपालमा के गर्थे भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर