झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु – Nepal Press

झापामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । झापाको सुरङगामा एम्बुलेन्सको ठक्करबाट सख्त घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

झापा प्रहरीका अनुसार शनिबार दिउँसो मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट आईरहेको प्र १–०१–०१५प–२१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्की र पछाडि सवार उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की सख्त घाइते भएका थिए ।

राजेशलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा आइतबार बिहान मृत्यु भएको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

शर्मिलाको उपचार भइरहेको छ । प्रहरीले एम्बुल‍ेन्स चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *