एकै दिन ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु – Nepal Press

एकै दिन ५६८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा थप ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ८४ पीसीआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, आज थप ९५ संक्रमित निको भएका छन् । यससँगै हालसम्म ९ लाख ६८ हजार ५ सय ८४ जना कोरोना मुक्त भएका छन् । नेपालमा अहिले ३ हजार ५ सय ३४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर