जापानको खागोसिमा प्रिफेक्चरमा शक्तिशाली ज्वालामुखी विस्फोट – Nepal Press

जापानको खागोसिमा प्रिफेक्चरमा शक्तिशाली ज्वालामुखी विस्फोट

टोकियो । जापानको खागोसिमा प्रिफेक्चरको साकुराजिमा भन्ने स्थानमा ज्वालामुखी विस्फोट भएको छ । स्थानीय समय अनुसार साँझ ८ बजेर ५ मिनेटको समयमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको हो ।

ज्वालामुखी विस्फोट पछि करिब २.५ किलोमिटर पर सम्म ज्वालाहरू पुगेको भन्दै भन्दै मेट्रोलोजिकल एजेन्सीले त्यस वरपरका बासिन्दाहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आपतकालीन निर्देशन जारी गरेको छ ।

खागोसिमा प्रिफेक्चरको आरीमुरा, कोजातो लगायतका क्षेत्रमा आपतकालीन निर्देशन जारी गरिएको हो । ज्वालामुखी विस्फोटपछि घरका झ्याल र ढोकाहरू फुट्ने, आगोका ज्वालाहरू घरसम्म आउनसक्ने भएकाले ढिला नगरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न साकुराजिमा नगरले सर्वसाधारणलाई आग्रह गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर