शान्ति सुव्यवस्था कायम गर्न श्रीलङ्काली सेनालाई प्रधानमन्त्रीको निर्देशन – Nepal Press

शान्ति सुव्यवस्था कायम गर्न श्रीलङ्काली सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । श्रीलङ्कामा सरकार विरोधी प्रदर्शनले उग्र रूप लिँदै गएपछि कार्यवाहक राष्ट्रपति एवं प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सेनालाई देशमा सुव्यवस्था कायम गर्न आवश्यक कदम चाल्न आदेश दिएका छन् ।

टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान समेत गरेको बीबीसीले जनाएको छ ।

‘हामी संविधान च्यात्न सक्दैनौँ । हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ । हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीको उक्त आदेशले श्रीलङ्कामा जारी प्रदर्शनलाई दबाउनका निमित्त भारी मात्रामा सेना परिचालन गरिनसक्ने सम्भावना देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर