नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा – Nepal Press

नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा

भिडिओ फेक हो : शाह, कसरी पोष्ट भयो थाहा छैन : वली

दाङ । सल्यानका प्रदेश सांसद गुलाबजंग शाहको पार्टीकै एक जिल्ला नेतृसँग अन्तरंग सम्बन्ध झल्किने टिकटक भिडिओ सार्वजनिक भएको छ । एमाले सल्यानकी जिल्ला कमिटी सदस्य टिका वलीको टिकटक अकाउन्ट @tikaoli035 बाट यो भिडिओ अपलोड भएको थियो ।

सम्भवतः असावधानीवस पोष्ट गरेको भिडिओ वलीले केहीबेरमै हटाइन् । तर, यसलाई डाउनलोड गरेर विभिन्न व्यक्तिका म्यासेञ्जर र ग्रुप च्याटमा पठाउने काम भइरहेको छ ।

यस भिडओमा ‘मायाजाल बुन्छु म’ बोलको गीतमा शाह र गुलाबजंगले अभिनय गरेका छिन् । उनीहरू एउटै ओछ्यानमा गाला जोडेर सुतेको देखिन्छ । वलीले गुलाबजंगको गाला पनि सुम्सुम्याएकी छन् । स्मरणीय छ कि उनीहरू दुवै विवाहित हुन् ।

शाह सल्यान प्रदेश सभा ‘क’ बाट निर्वाचित भएका थिए । उनी कर्णाली प्रदेशसभा संसदको प्रमुख सचेतक समेत छन् भने एमालेको कर्णाली प्रदेश सहइन्चार्ज समेत हुन् ।

नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै शाहले उक्त भिडिओ ‘फेक’ भएको दाबी गरे । उनले भने, ‘त्यो भिडिओ ओर्जिनल होइन, इडिट गरेर बनाइएको हो ।’

चुनाव नजिकिँदै गएपछि आफ्नो चरित्र हत्या गर्न त्यस्तो भिडिओ बनाइएको दाबीसमेत उनले गरेका छन् ।

‘नाङ्गैबुङ्गै भए पो डर, मलाई यसले केही फरक पर्दैन,’ उनले भने ।

उक्त भिडिओ पोष्ट गर्ने एमाले सल्यानकी जिल्ला कमिटी सदस्य वलीलाई भने आफूले चिनेको शाहले बताए ।

वलीले भने उक्त भिडिओको बारेमा केही थाहा नभएको बताइन् ।

‘मैले स्थानीय तहको चुनावपछि टिकटक नै चलाएको छैन,’ उनले भनिन्, ‘कसरी त्यस्तो भिडिओ पोष्ट भयो मलाई थाहा भएन ।’

भिडिओ वाहियात भएको उनको भनाइ छ । मंसिरमा चुनाव आएकाले प्रोपोगण्डा गरिएको उनले बताइन् ।

रोमान्टिक भिडिओ हटाइएको भए पनि वलीको अकाउन्टमा गुलाबजंगसँगको तस्बिर अहिले पनि छ । तस्बिरमा हेर्दा उनीहरूबीच उमेरमा पनि धेरै अन्तराल देखिन्छ ।

गुलाबजंगको पारिवारिक पृष्ठभूमि पनि सङ्लो छैन । उनले बहुविवाह गरेका थिए । पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरिकन कान्छी भित्र्याएकाे निकटस्थ बताउँछन् । श्रीमानले कान्छी ल्याएपछि जेठी श्रीमती पनि गुलाबज‌गकाे दाइ नाता पर्नेसित हिँडेकी थिइन् ।

गुलाबजंगका जेठीबाट दुई छोरी र कान्छीबाट एक छोरा छन् । उनका छोरीहरूको बिहे भइसकेको छ भने छोरा एमबीबीएस पढ्दैछन् । उनका बुबा पूर्वपञ्च हुन् ।


प्रतिक्रिया

5 thoughts on “नयाँ काण्ड ! एमालेका प्रदेश सांसद र जिल्ला नेतृको रोमान्टिक भिडिओ टिकटकमा

  1. छोट्या छोट्टि बस्णे भया एमाले होजाई ज्वनौ

  2. रोमान्स गर्नेहरुलाई सिधै बाहिर निकालिनुपर्छ सत्तामा गएर देशलाई लूटेर सिध्याए मोज गर्दै छन ।

  3. बामेहरुको लिला पनि अपरम्पार छ !🤣🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर