गगन, विश्व दुवैले भने- एसपीपी स्वीकार्य छैन – Nepal Press

गगन, विश्व दुवैले भने- एसपीपी स्वीकार्य छैन

काठमाडौं । नेपाली कांग्रेसका दुवै महामन्त्री अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्रामको विपक्षमा उभिएका छन् ।

अमेरिकी सरकारको प्रस्तावमा नेपाल सरकारले गर्न लागेको भनिएको सम्झौता मुलुकको हित र संविधानको भावना प्रतिकुल नरहेको भन्दै महामन्त्रीद्वयले असहमति राखेका हुन् ।

महामन्त्री गगन थापाले प्रतिनिधिसभाको बुधवारको बैठकबाटै एसपीपीबारे असहमति राखे भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले ट्वीटमार्फत् एसपीपी अस्वीकार गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले प्रतिनिधिसभामा बोल्दै कुनै पनि शक्ति राष्ट्रको सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपाल सहभागी हुन नमिल्ने बताएका थिए ।

महामन्त्री शर्माले पनि कांग्रेसलाई एसपीपी स्वीकार्य नरहेको भन्दै समुन्नतिमा सबैको साथ स्वीकार हुने तर सामरिक सहकार्यको रणनीतिक प्रस्ताव स्वीकार नहुने बताएका छन् ।

‘नो थ्यांक्स, एसपीपी हामीलाई स्वीकार्य छैन । कांग्रेसको धारणा यही बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ’, महामन्त्री शर्माले ट्विटमार्फत भनेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आज सत्ता साझेदार दलका नेताहरूसँग मुलुकको हित नहुने सम्झौता आफूले नगर्ने बताइसकेका छन् ।


प्रतिक्रिया

One thought on “गगन, विश्व दुवैले भने- एसपीपी स्वीकार्य छैन

  1. नेपाली सेनाले आवश्यक ठान्यो भने एसपिपि स्वत सकारिन्छ । यिन्ले बोलेर अर्थै छैन ।

Leave a Reply to शरद Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर