कार्यपालिका सदस्यहरुलाई मेयर शाहले गराए पद तथा गोपनीयताको शपथ – Nepal Press

कार्यपालिका सदस्यहरुलाई मेयर शाहले गराए पद तथा गोपनीयताको शपथ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई पथ तथा गोपनीयताको शपथ गराएका छन् ।

शपथ लिनुअघि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचित कार्यपालिका सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

यसै गरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर