नेकपा एसबाट थपिए अर्का गैर सांसद मन्त्री – Nepal Press

नेकपा एसबाट थपिए अर्का गैर सांसद मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ ।

समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् ।

सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।

यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् ।

अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै फेरबदल भएको बताएका छन् । तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने बाध्यता नेकपा एसलाई किन पर्यो भन्ने उनले खुलाएनन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसबाट थपिए अर्का गैर सांसद मन्त्री

  1. ६/६ महिनामा मन्त्री फेर्दै अस्थिरता निम्त्याउन देश माधव एण्ड कम्पनिकाे पेवा हाे ? पार्टीकाे विवाद मिलाउन मन्त्रीपदलाई दाउमा लगाउने अधिकार कसले दियाे यिनलाई ? अनि छलफल, बहस, सामूहिक निर्णय नभएर पार्टी फुटाएकाे भन्नेले हटाईएका मन्त्रीहरूलाई साेध्नुपर्दैन ? खापुङ्गलाई ६ महिनाकाे नियम नलाग्ने उल्टै बढुवा हुने अनि अरूलाई बाँकी ५ महिना पनि नहुदा पनि हटाउनुपर्ने ? काँग्रेस माओवादीभन्दा पनि चरम पदलाेलुप देखिए समाजवादीका साँसद भन्ने सन्देश गएन जनतामा ? एकजना दाङतिरकाले त मन्त्री नपाए ज्यान फाल्छु भनेका थिए रे । आले दाइकाे विरूद्व वतासले देउवा र माधवलाई उजुरी गरेकाे र त्याे काम लागेकाे रे । किसानकाे विरूद्व पाैडेल बाजेकाे गुनासाे रे चुनावकाे बदला लिने । पैसाकाे खेल पनि भएकाे छ रे । त्याे त समाजवादीले जानुन । न पुरानाकाे काम देखिने न नयाँले केही गर्न सक्ने । कस्ता पदलाेलुप रहेछन् त । धन्न ओलिले खेपेछन् ३.५ वर्ष । अनि महिला खाेई ? कल्याणी खड्का, निरू जैरी थिएनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर