स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट – Nepal Press

स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट

काठमाडौं । सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी आयातित प्याडको मूल्य उल्लेख्य घट्ने छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताए ।

सरकारी निकायले वितरण गर्ने स्यानिटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन हुनुपर्ने बजेटमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर