सीटीईभीटीको पुनर्संरचना गरिने – Nepal Press

सीटीईभीटीको पुनर्संरचना गरिने

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायको लागि विकास गरिने जानकारी गराएका हुन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको आधार सोचअनुसार हाल सञ्चालनमा रहेको प्राविधिक विद्यालय नक्सांकन तथा समायोजन गरी पहुँच विस्तार गरिने अर्थमन्त्री शर्माले बताए ।

उनका अनुसार प्राविधिक शिक्षालाई क्रमशः हस्तान्तरण गरिनेछ भने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ ८ अर्ब ३० करोड बजेट सरकारले विनियोजन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर