ललितपुरको वागमतीमा गठबन्धन जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी – Nepal Press

ललितपुरको वागमतीमा गठबन्धन जित, अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी

ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरबहादुर लोप्चन विजयी भएका छन् । निर्वाचन अधिकृत नागेन्द्र केशोर पोखरेलका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका लोप्चनले ४ हजार ९ सय ९ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले २ हजार ४३ मत ल्याए । उपाध्यक्षतर्फ गठबन्धनकै नेता भक्तबहादुर दर्लामी मगर ‘निसान’ विजयी भए ।

उनी नेकपा माओवादी केन्द्रका नेता हुन् । मगरले ४ हजार ६ सय ९२ ल्याउदा उनका निकटतम प्रतिस्पर्धी नमूना दोङले ३ हजार ७ सय मत ल्याइन् ।

वागतीमा राप्रपाबाट अध्यक्षमा उम्मेदवारी दिएका सानु महर्जनले १९ मत ल्याए भने उपाध्यक्षका उम्मेदवार अम्बिका न्योपाने घिमिरेले ३७ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर